– तुलसीराम प्याकुरेल
पसिनाका धारा बोकी कति खोली तर्यौ
हाँसी खुसी दुनियाँमा माया कति छर्यौ
पुकाराैली मन्दिरमा भेट्ने आस छरी
पर्खाइमा बस्या हौली मायाका रङ्ग भरी
सपनीमा तिमी मेरी प्राण बनी आऊ
असाहारा तिमी मेरी जिन्दगीमा छाउ
बाँचे भने भेटिन्छ नि तिमीसँगै पैला
तिम्रै लागी आउनेछु नथुन है दैला
बिहानीको घामसँगै सोध्दै हौली तिमी
छाक टार्न तरकारी टिप्दै हौली सिमी
आसमा नै बस्याहौली भेट्ने दिन गन्दै
मन्दिरमा माग्दै हौली भेट होस भन्दै
पोस्टरमा हेर्दाहेर्दै सोच्छौ होली जैले
आउँछ रे मेरो छोरा भन्छौ अरे कैले
महिना चैँ कति भयो आउनेछु चाडै
कुपुतझैँ भए भने नफाल है छाडै
याे कविताकाे शिर्षक कवि तुलसीराम प्याकुरेलले ‘बस्या हौली मायाका रङ्ग भरी ‘राखेका थिए।