– सुबास पाेखरेल
यस्तै हो, यो काल जति बेला पनि आउँछ
सरकारबाट त्रिपाल जति बेला पनि आउँछ
तपाईं बगरको एक माछा हो यति बुझ्नुहोस्
१० लाख रुपयाँको जाल जतिबेला पनि आँउछ
दुख गर्ने हरुका लागि जिन्दगी सधै दुखनै छ
यी जड्या हरुकालागि नयाँ साल जति बेला पनि आउँछ
साझा उत्तर कसैको कहिल्यै पाएनौ हामिले
यो साझा सवाल जति बेला पनी आउँछ।।