काठमाडाैं । नेविसंघ सिन्धुली बहुमुखी क्याम्पस इकाई समितिले विद्यार्थीहरुबीच अन्तरक्रियासहित दीप प्रज्वलन कार्यक्रम गरेर मनाएको छ ।
नेविसंघको ५५ औँ स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको नेविसंघ जिल्ला सदस्य तथा सिन्धुली बहुमुखी क्याम्पसकी स्ववियु सदस्य स्वस्तिका बख्रेलले जानकारी दिइन ।
कार्यक्रममा नेविसंघ इकाई सभापति राजीव थापाको सभापतित्व र नेविसंघ पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेको आतिथ्यता रहेको थियो ।
साथै नेविसंघ सिन्धुलीका कार्यसम्पादन समिति सदस्य तथा सिन्धुली बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण लामिछाने, क्याम्पस एकाइ समितिका पदाधिकारीहरू कुन्दन थापा, पुनम सुनुवार, अस्मिता कार्की, एलिजा बराल लगायत नेविसंघ सिन्धुली बहुमुखी क्याम्पसका नेताहरूको उपस्थितिमा सम्पन्न भएको हो ।
स्थापना दिवसलाई आफ्नो गौरवशाली इतिहास मानेर अब नेविसंघ बदलिएको परिस्थितिमा बदलिएर अगाडी बढ्दै लोकतन्त्रको सुदृढीकरण र विद्यार्थीको शैक्षिक अधिकारको पक्षमा सशक्त भएर अगाडी बढ्नुपर्ने कुरा कार्यक्रममा उठेको बख्रेलले बताइन् ।