काठमाडौं । घुस रकमसहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाकी असिस्टेन्ट सब-इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २५ हजार घुस लिएको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।