काठमाडौं- राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्। लिखत सम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको हो।
उनीविरूद्ध लिखत सम्बन्धी कसुरमा जाहेरी परेको थियो। उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।
उनको स्नातक तहको प्रमाणपत्र नक्कली भएको फेला परेको प्रहरीले जनाएको छ।
महासंघ भित्रको विवादका कारण समेत उनी पक्राउ परेको हुन सक्ने आशंका गरिएको छ।